Global College

प्रधानमन्त्री शाहलाई मोदीले गराए ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराएका छन्।

दुई देशका प्रधानमन्त्रीबीचको द्विपक्षीय वार्तापछि नयाँ दिल्लीस्थित हैदराबाद हाउसको विद्या हलमा आयोजित कार्यक्रममा मोदीले उक्त गुरुयोजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया र महत्त्वबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका हुन्।

भारतले सडक, रेलमार्ग, जलमार्ग, विमानस्थललगायत यातायात तथा पूर्वाधार सञ्जाललाई एकीकृत रूपमा विकास गर्ने उद्देश्यले सन् २०२१ मा प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना सुरु गरेको थियो।

यस योजनाले विभिन्न मन्त्रालय तथा सरकारी निकायबीच समन्वय कायम गर्दै पूर्वाधार आयोजनाको योजना निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ। साथै, वस्तु तथा यात्रुको आवागमन सहज बनाउँदै यातायात लागत र समय घटाउने यसको उद्देश्य रहेको छ।

प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई यस योजनाबारे जानकारी गराउनुलाई नेपाल–भारतबीच पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तारका क्षेत्रमा अनुभव आदानप्रदानको अवसरका रूपमा हेरिएको छ।

NECO

Leave Your Comment

Related News