काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देश उँभो लाउने टोलीको तस्बिर सार्वजनिक गरेका छन्।
मंगलबार सार्वजनिक गरिएको तस्बिरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘देश उभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरु!’
प्रधानमन्त्री शाहले यसअघि सुधन गुरुङ र सुनिल लम्सालसँग सँगै बसेको तस्बिर सार्वजनिक गरेर ‘देश बनाउने टोली’ भनेका थिए।



