काठमाडौं । नेपालमा रेमिट्यान्स सेवालाई थप सहज, सरल, सुरक्षित तथा विश्वसनीय बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच रेमिट्यान्स सेवा सञ्चालन गर्न सम्झौता भएसँगै विप्रेषण कारोबार औपचारिक रुपमा शुरु भएको छ ।
यस सम्झौतासँगै युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले रिज रेमिटको मोबाइल एप प्रयोग गरी सहज रुपमा नेपालमा रकम पठाउन सक्नेछन् । यसरी प्रेषित रकम माछापुच्छ्रे बैंकको आफ्नै विप्रेषण सेवा एमबीएल रेमिट मार्फत नगद भुक्तानीका साथै माछापुच्छ्रे बैंक लगायत नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत सिधै जम्मा गर्न सकिनेछ । नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सेवाग्राहीले सहजरुपमा नगद भुक्तानी पनि प्राप्त गर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय विप्रेषणलाई सरल बनाउने लक्ष्यका साथ माछापुच्छ्रे बैंकले सुरक्षित, भरपर्दो, छिटो र किफायती डिजिटल रकम स्थानान्तरण सेवा प्रदान गर्दै आएको छ । विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रकियालाई थप सहज बनाउनुका साथै डिजिटल विप्रेषण सेवाको पहुँच विस्तार गर्न र सेवाग्राहीलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
माछापुच्छ्रे बैंक सुरक्षित, विश्वसनीय र सहज विप्रेषण सेवा प्रदान गर्न प्रतिबद्ध रहँदै प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पूर्ण पालना गर्दै पारदर्शी, उत्तरदायी र अनुपालनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्व मेची देखि पश्चिम महाकाली, हिमाल, पहाड र तराईसम्म आफ््ना १५६ वटा शाखाहरु, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २५५ स्थानमा रहेका सेवा सञ्जाल तथा १९४ वटा एटीएमहरु मार्फत १८ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई अत्याधुनिक प्रविधि सहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।



