Global College

हुलास फिनसर्भको सीईओमा ठाकुर

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा समीर ठाकुर नियुक्त भएका छन् । कम्पनीले आफ्नो संस्थागत विकास र व्यावसायिक यात्रालाई थप सशक्त बनाउने उद्देश्यसहित ठाकुरलाई उक्त पदमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त हायर पर्चेज वित्तीय संस्था हुलास फिनसर्भले दुईपांग्रे, तीनपांग्रे तथा चारपांग्रे सवारीसाधनका साथै ल्यापटप, मोबाइल फोनलगायतका उपभोक्ता इलेक्ट्रोनिक्स सामग्री खरीदका लागि वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ ।

नवीन वित्तीय समाधान र रणनीतिक साझेदारीमार्फत ग्राहकका लागि वित्तीय सेवाहरूलाई अझ सहज र पहुँचयोग्य बनाउने लक्ष्य कम्पनीले लिएको छ । पहिलो सीईओको नियुक्तिसँगै कम्पनीको नेतृत्व, कार्यसञ्चालन क्षमता तथा रणनीतिक दिशा थप बलियो हुने र नेपालको वित्तीय सेवा क्षेत्रमा दिगो विकास हासिल गर्ने दीर्घकालीन लक्ष्यमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

NECO

Leave Your Comment

Related News