ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (एसीइटी) ले आगामी शैक्षिक वर्षका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

मंगलबार राजधानीमा एसीइटी र इन्फरमेटिक्स कन्सल्टेन्सीले संयुक्त कार्यक्रम गर्दै कलेज र कन्सल्टेन्सीले आगामी शैक्षिक वर्षका लागि भर्ना कार्यक्रम र छात्रवृत्ति प्रदान गर्ने विषयको जानकारी गराएको थियो । कार्यक्रममा कलेजको इन्जिनियरिङ र प्रविधि शिक्षामा उत्कृष्टताको प्रतिबद्धता, साथै योग्य र प्रतिभाशाली विद्यार्थीहरूका लागि छात्रवृत्ति उपलब्ध गराउने विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा विशेष अतिथि कलेजका निर्देशक डा. मोहन गारूले कलेजले सदैव उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको र उत्कृष्ट विद्यार्थीलाई अध्ययनमा सहयोग गर्दै आएको बताए ।

अन्तर्राष्ट्रिय भर्ना निर्देशक श्रीमती चैतन्य श्रीनिवासराजेले नयाँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भर्ना प्रक्रिया अघि बढाएको बताइन् ।

उनले विद्यार्थीको अध्ययनको सहयोगका लागि उपलब्ध छात्रवृत्ति, र कलेजले आफ्ना विद्यार्थीहरूलाई प्रदान गर्ने विभिन्न अवसरहरूको बारेमा जानकारी गराएकी थिइन् ।

कन्सल्टेन्सीका निर्देशक ज्ञानेन्द्र मान जोशीले इन्फरमेटिक्स कन्सल्टेन्सीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा र शैक्षिक संस्थाको छनौटलाई लिएर सदैव सहयोग गर्दै आएको बताए । निर्देशक जोशीले विद्यार्थीहरुमा विषय छनौट, कलेज छनौटमा अलमल्ल पर्ने हुदाँ कम्सल्टेन्सीले त्यसलाई पूर्ण रुपमा सहयोग गर्दै आएको बताए ।

कन्सल्टे्न्सीका भारतका प्रमुख निर्देशक शिव न्यौपानेले कलेज र इन्फरमेटिक्स कन्सल्टेन्सी बीचको रणनीतिक सहकार्यले विद्यार्थीलाई उच्च शिक्षा लिनको लागि पुलको काम गरेको बताए । यो साझेदारीले भर्ना प्रक्रियालाई सहज बनाउने र विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक अवसरहरू प्रदान गर्ने सहज हुने उनको भनाई थियो ।

कलेजले भविष्यका इन्जिनियर र प्रविधिका विज्ञहरुले समाजमा महत्वपूर्ण योगदान पुर्याउन सक्षम बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार