Global College

काठमाडौंको फोहोरबाट ऊर्जा उत्पादन सुरु ,टेकुस्थित बायोमिथेनेसन प्लान्टको परीक्षण सञ्चालन तथा उद्घाटन

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनलाई दिगो समाधानसँग जोड्ने र फोहोरबाट ऊर्जा उत्पादनको सम्भावनालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ अघि बढाइएको पहलले कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

मन्त्रालयमा काठमाडौं महानगरपालिकाका मेयरसँग भएको छलफलका क्रममा फोहोरबाट ऊर्जा उत्पादन गर्ने विषयमा भएको सहमति र चासोलाई मूर्तरूप दिन मन्त्रालयको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) र काठमाडौं महानगरपालिकासँगको समन्वयमा टेकु ट्रान्सफर स्टेसनमा रहेको बायोमिथेनेसन प्लान्टको परीक्षण सञ्चालन तथा उद्घाटन कार्यक्रम आयोजना गरिएको हो।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित काठमाडौं जलवायु कार्य सप्ताह, २०८३ अन्तर्गत चौथो दिन Energy System Day को अवसरमा सम्पन्न यस कार्यक्रमले फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा उत्पादन र वातावरण संरक्षणलाई एकैसाथ अघि बढाउने सम्भावनालाई उजागर गरेको छ।
फोहोरलाई केवल व्यवस्थापन गर्नुपर्ने वस्तुका रूपमा मात्र नभई ऊर्जा उत्पादनको स्रोतका रूपमा उपयोग गर्ने सोच, प्रविधिको प्रयोग र स्थानीय सरकारसँगको सहकार्य नै दिगो समाधानको आधार हो। काठमाडौंको वातावरणीय चुनौतीलाई समाधानका अवसरमा रूपान्तरण गर्ने यस्ता पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विस्तार गर्न आवश्यक छ।
NECO

Leave Your Comment

Related News