काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलएको छ । संस्थाको सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो पौष ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा हेटौडा मकवानपुर सिथत होटल सामानामा बिहान ११ बजेबाट सुरु हुनेछ।
आगामी साधारण सभामा वित्तीय संस्थाको अधिकृत पुँजी बढाउने, बोनस सेयर वितरण गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्नेलगायतका महत्त्वपूर्ण प्रस्तावहरू पेस हुने भएका छन्। सभामा हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ रहेको अधिकृत पुँजीलाई वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउने र सोहीअनुसार संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव रहनेछ।
त्यसैगरी, सभामा हाल कायम चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसाको ११.९६३१ प्रतिशत बराबर हुने ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा रकम बोनस सेयरका रूपमा वितरण गर्ने प्रस्ताव पेस हुनेछ। बोनस सेयर जारी भएपछि संस्थाको जारी तथा चुक्ता पुँजी बढेर ४ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ र सोहीअनुसार प्रबन्धपत्रको दफा ५ (ख) र ५ (ग) तथा अन्य आवश्यक दफा र नियमहरूमा संशोधन गर्ने विषय पनि सभामा समावेश हुनेछ।
यसका साथै, सभामा इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थासँगको सम्भावित मर्जर वा प्राप्तिका विषयमा उपयुक्त कदम चाल्न सञ्चालक समिति वा तोकिएको व्यक्तिलाई अधिकार दिने प्रस्ताव रहनेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।



