CLI

१ अर्ब बढीले घट्यो सेयर कारोबार रकम

काठमाडौं । यो साता सेयर बजार निरन्तर ओरालो लागेको छ । साताको पहिलो दिन ७९.८८ अंकले घटेको नेप्से मंगलबार पनि १११.९६ अंकले घटेको छ । मंगलबार १११.९६ अंकले घट्को नेप्से २७८२.६० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डे्रक्स पनि २२.८७ अंकले घटेर ४९६.४७ विन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार २० वटा कम्पनीको सेयर मूल्य बढ्दा २२३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार ३३० वटा कम्पनीको ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन आइतबारको तुलनामा १ अर्ब ९ करोड १० लाख ६० हजार रुपैयाँले कम हो । आइतबार ३३३ वटा कम्पनीको कारोबार रकम १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार रुपैयाँ पुगेको थियो ।
यता मंगलबार १३ वटा समूह सूचक मध्ये १ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी १२ वटा समूहको सेयर मूल्य घटेको छ । होटल र पर्यटनको ३१.५१ अंकले बढ्दा बैकिङ ८१.४६, विकास बैंक २४२.३०, वित्त १८०.१२ , जलविद्युत १४०.५५, लगानी ४.८०, जीवन बीमा ५२४.५०, उत्पादन र प्रशोधन २२२.६९, लघुवित्त १६१.२० , म्युअुचल फण्ड ०.२४, निर्जीवन बीमा ३३९.४३, व्यापार ८५.२० र अन्य अंक ८४.७१ अंकले घटेको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेनस, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) रह्यो । हिमालयन रिइन्स्योरेनसको ६५ करोड ४२ लाख रुपैयाँ, अपि पावर कम्पनीको ५१ करोड ७५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४५ करोड ६३ लाख रुपैयाँ, नेपाल फाइनान्सको ४१ करोड ५५ लाख रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ३३ करोड ४६ लाख रुपैयाँ बराबर कारोबार भयो ।

Leave Your Comment

Related News