९७.६४ प्रतिशतले बढ्यो हिमालयन रिइन्स्योरेन्सको नाफा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको नाफा ९७.६४ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रिइन्स्योरेन्सले १ अर्ब २८ करोड ३५ लाख ३३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९८० को तुलनामा ९७.६४ प्रतिशत अर्थात् ६३ करोड ४१ लाख ९ हजार रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९/८० मा रिइन्स्योरेन्सले ६४ करोड ९४ लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो । इन्स्योरेन्सले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएको हो ।

रिइन्स्योरेन्सको नाफा सँगै आम्दानी समेत ६७.०९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रिइन्स्योरेन्सको कुल आम्दानी ६ अर्ब ६२ करोड ७३ लाख ९० हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २ अर्ब ६६ करोड ११ लाख ४१ हजार रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७९/८० मा रिइन्स्योरेन्सको कुल आम्दानी ३ अर्ब ९६ करोड ६२ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।

रिइन्स्योरेन्सको कुल सम्पत्ति समेत ९ अर्ब रुपैयाँ भन्दा बढीले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रिइन्स्योरेन्सको कुल सम्पत्ति २२ अर्ब १३ करोड २० लाख ८७ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ९ अर्ब २१ करोड ५५ लाख ६४ हजार रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रिइन्स्योरेन्सको १२ अर्ब ९१ करोड ६५ लाख २३ हजार रुपैयाँ कुल सम्पत्ति रहेको थियो ।

समिक्षा अवधिमा रिइन्स्योरेन्सको इक्विटी रकम ७ अर्ब ४३ करोड १९ लाख १३ हजार रुपैयाँले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रिइन्स्यारेन्सको इक्विटी रकम १५ अर्ब ३८ करोड १ लाख ७४ हजार रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ९४ करोड ८२ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

कुल सम्पत्ति , इक्विटी रकम बढेको रिइन्स्योरेन्सको दायित्व रकम समेत बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रिइन्स्योरेन्सको ६ अर्ब ७५ करोड १९ लाख १२ हजार रुपैयाँ कुल दायित्व रकम रहेको छ । आर्थिक वर्ष २०७९/८० मा रिइन्स्योरेन्सको ४ अर्ब ९६ करोड ८२ लाख ६२ हजार रुपैयाँ कुल दायित्व रकम रहेको थियो । रिइन्स्योरेन्सको चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँ, बजार पूँजीकरण रकम ९१ अर्ब ६२ करोड २४ लाख रुपैयाँ र प्रतिशेयर आम्दानी १२.३४ रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार