Global College

नेष्डो समृद्ध लघुवित्तले पुस ३ गते साधारण सभा गर्दै ,छैन लाभांश वितरणको तयारी

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३ गते वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८२/८३ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

सञ्चालक समितिका सदस्य नियुक्ती अनुमोदन र सर्वसाधारण समूहबाट २ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् । आर्थिक वर्ष ०८०÷८१ पछि कम्पनीले लाभांश वितरण गरेको छैन् । दुई आर्थिक वर्ष लाभांश वितरण गरेको इतिहास रहेको कम्पनीले ती वर्ष समान रुपमा १५ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । यस सभाले अन्य कुनै एक वा एकभन्दा बढी लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

NECO

Leave Your Comment

Related News