कुमारी क्यापिटलको साधारणसभा हुँदै नगद लाभास पारित गर्ने

काठमाडौं । कुमारी क्यापिटलले असोज ३ गते साधारणसभा बोलाएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, क्यापिटलको सञ्चालक समितिले पास गरि सभामा पेश गरेको आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्न गरेको प्रस्ताव माथि छलफल गरी पारित गर्ने छ ।

साथै आ.व. २०८१ / ०८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने,स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्स्ताव माथी छलफल गरी पारित गर्ने छ  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार