CLI

मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक  शेयर बिक्रीमा सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता संस्थापक  शेयर बिक्रीमा  रहेको  छ ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो । बैंकले तोकेको ३५ दिनभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर किन्न ईच्छुक सर्वसाधारण व्यक्ति संघसस्था वा कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आबेदन दिनु पर्नेछ ।

Leave Your Comment

Related News