RE
Global College

यी हुन्, लगानीकर्तालाई लाभांश नदिने ७३ कम्पनी

काठमाडौं । दोस्रो बजारमा कारोबार गर्न सूचिकृत ७३ कम्पनीले हालसम्म लगानीकर्तालाई लाभांश नदिएको पाइएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २४८ कम्पनीमध्ये ७३ वटा कम्पनीले अहिलेसम्म पनि लगानीकर्तालाई लाभांश दिएका छैनन्।

नेप्सेमा सूचीकृत भएदेखि लगानीकर्तालाई लाभांश नदिए पनि यी कम्पनीको शेयर दोस्रो बजारमा उच्च मूल्यमा कारोबार भइरहेको छ।

लाभांश नदिने ७३ वटा कम्पनीमध्ये अधिकांश कम्पनीहरु नेपालका चर्चित व्यावसायी तथा ठूला व्यापारिक घरानाले प्रवर्द्धन गरेका रहेका छन्।

हालसम्म लाभांश नदिने कम्पनीहरूमा आइएमई ग्रुपले प्रवर्द्धन गरेको चन्द्रागिरि हिल्स, पञ्चकन्या ग्रुपको पञ्चकन्यामाई हाइड्रो पावर लिमिटेड, पशुपति मुरारका लगायतको मोदी इनर्जी लिमिटेड, गोल्यान ग्रुपको सिटी होटल, संघाई ग्रुपको ग्रीन भेन्चर लिमिटेड, शंकर ग्रुपको हिमालयन लाइफ इन्स्योरेन्स लगायत छन्।

यी हुन् लगानीकर्तालाई लाभांश नदिने कम्पनी

 

NECO

Leave Your Comment

Related News