एनआईसी एशिया डाईनामिक डेप्ट फण्डद्धारा लाभांश वितरण

काठमाडौं ।  एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत वर्षको लाभांश (प्रतिफल) वितरण गरेको छ । यस योजनाले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट करसमेत १० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

योजनाले भदौ ९ गतेबाट सम्बन्धित इकाइधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गरेको जानकारी योजना व्यवस्थापकले गराएको छ । आफ्नो लाभांश प्राप्त भए/ नभएको यकिन गर्नसमेत योजना व्यवस्थापकले आग्रह गरेको छ । खुलामुखी प्रकृतिको यस योजनाले लाभांश प्रयोजनका लागि साउन १७ गते एक दिन बुक क्लोज गरेको थियो ।

बुक क्लोजको आधारमा साउन १६ गतेसम्म कायम इकाईधनीहरूले मात्र लाभांश प्राप्त गरेका छन् । योजनाको लाभांश पुनः लगानी योजनामा सहमागी हुन यसअघिनै आवेदन दिएका इकाईधनीहरूको हकमा प्राप्त थप इकाई हितग्राही खातामा निकट भविश्यमा जम्मा गरिने जानकारी समेत योजना व्यवस्थापकले गराएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार