तोलामा ६सयले घट्यो सुनको मूल्य

काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार तोलाको १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ५७५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७९५ रुपैयाँमा पुगेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५३९ रुपैयाँ तोकिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार