टानको अध्यक्षमा सागर पाण्डे निर्वाचित

काठमाडौं । हिजो भएको पर्यटन ब्याबसायीको संस्था ट्रेकिङ एजेन्सी एशोसेशन अफ नेपाल (टान) को ४६ औं साधारणसभाबाट अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन् । अध्यक्ष पाण्डेले ५८० मत प्राप्त गरेर बिजयी भएका हुन भने अर्का प्रत्याशी राजेन्द्र सापकोटाले ४८० मत मात्र प्राप्त गरेका छन् ।

टानको वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा,  प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल तथा दितिय  उपाध्यक्षमा सनम शेर्पा महसचिवममा सोनाम ग्यल्जेन शेर्पा सचिवमा रिन्जी जाङबु शेर्पा कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका हुन् ।

कार्यसमितिको सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

टानमा राजनीतिक दलको आवद्दताको आधारमा चुनाव लडेका थिए । नवनिर्वाचित अध्यक्ष नेकपा माओवादी निकट व्यावसायी हुन् ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार