बैंकहरुलाई पूँजीकोषको समस्या, लाभांश समेत प्रभावित हुने

काठमाडौं । बैंकहरुमा पूँजीकोषको दबाब कम भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पूँजीकोषको दबाब रहेकोमा हाल आएर भने सो संख्या न्यून भएको छ । पछिल्लो समय पूँजीकोषको दबाबमा २ वटा बैंकहरु रहेका छन् । कुमारी बैंक र एनआइसी एसिया बैंकलाई पूँजी कोषको दबाब रहेको छ । दुई बैंकको जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पूँजी अनुपात कुमारी बैंकको ८.५६ प्रतिशत र एनआइसीको ८.४४ प्रतिशत रहेको छ । राष्ट्र बैंकले जोखिम सम्पत्तिको तुलनामा प्राथामिक पूँजीको अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ ।

एक आर्थिक वर्षको कुनै समयमा प्राथामिक पूँजी अनुपात कम भएमा बैंकहरुले लाभांश बाँड्न पाउने छैनन् । यो सँगै कुमारी, एनआइसी र प्रभु बैंकले लाभांश बाड्न पाउने छैनन् । गत चैतमा कुमारी बैंकको ८.०३ प्रतिशत र गत पुसमा प्रभू बैंकको ८.१२ प्रतिशत रहेको थियो । एनआइसीको पनि प्राथामिक पूँजीको अनुपात तोकिए भन्दा तल रहेको छ ।

पूँजीकोषको दबाबमा रहेका बैंकहरुले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने तयारी गरेका छन् । कम्पनीले निष्काशन गरेको शेयरमध्ये प्रतिफल तथा पुँजी फिर्तामा अग्र अधिकार हुने शेयर अग्राधिकार शेयर हो । अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेययरबापतको लाभांश बाँड्ने हुदाँ अग्राधिकार शेयरधनीले लाभांश पाउने निश्चित हुन्छ । अग्राधिकार शेयरको लाभांश सधैँ निश्चित दरमा सुनिश्चित गरिएको हुदाँ लगानीकर्तालाई समस्या हुदैन ।

कुनै वर्ष कम्पनीले अग्राधिकार शेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने त्यो लाभांश आगामी वर्षमा नाफा भएमा अघिल्लो वर्षको समेत जोडेर दिने व्यवस्था छ , जसलाई ‘क्युमुलेटिभ’ अग्राधिकार शेयर समेत भन्ने गरिन्छ ।
गत वर्ष काउन्टर साइक्लिकल बफरवापत ०.५ प्रतिशत थप पूँजीकोष छुटयाउन परेका कारण बैंकहरुले ९ प्रतिशत प्राथमिक पूँजीकोष कायम गर्नु परेको थियो । तर चालु आर्थिक वर्षमा वफर कायम गर्न नपर्ने हुदाँ बैंकहरुले ८.५ प्रतिशत मात्रै पूँजीकोष कायम गरे पुग्छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता रहेको छ । लगानीयोग्य रकम बैंकमा थुप्रिदाँ कर्जा विस्तार गर्नुपर्ने दायित्व बैंकरहरु माथि रहेको छ । बैंकको कर्जा विस्तारका लागि राष्ट्र बैंकले समेत लचिलो नीति लिएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार