CLI

सार्वजनिक विदामा पनि सरकारी अस्पतालमा बिरामीले बहिरंग (ओपीडी) सेवा पाउने

काठमाडौं ।  सरकारी अस्पतालहरुले शनिबार बाहेक अरु धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने  भएको छ । स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय सरकारी अस्पताललाई सो सम्वन्धमा  निर्देशन जारी गरेको छ  ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले पर्व, जात्रा, दिवश, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक र स्थानीय तहका अस्पताललाई   निर्दैशन दिएको   विज्ञप्ति जारी गरेर जानकारी दिएको छ  ।

जारी विज्ञप्तिमा उल्लेख भए अनुसार पर्व बिदा अन्तर्गत रामनवमी, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा, तमु ल्होसार, माघी पर्व, सोनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईदमा सरकारी अस्पतालमा ओपीडी सेवा दिनु पर्नेछ  ।

जात्रा बिदा अन्तर्गत गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रा रहेका पनि बहिरंग देवा उपलब्ध गराउनु पर्नेछ  । त्यसैगरी सार्वजनिक दिवश अन्तर्गत गणतन्त्र दिवस, शहीद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस रहेको छ ।

जन्मजयन्ती बिदा अन्तर्गत बुद्धजयन्ती, पृथ्वी जयन्तीमा पनि ओपीडी खुला हुनेछन् ।

नेपाल चिकित्सक संघले सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको शारीरिक तथा मानसिक स्वास्थ्यको बेवास्ता गर्दै सरकारले गरेको निर्णय अव्यवहारिक र अवैज्ञानिक भएको जनाएको छ । उक्त निर्णय तुरुन्तै फिर्ता लिन पनि माग गरेको छ ।

स्वास्थ्यकर्मीलाई आराम गर्नका लागि हप्ताको दुई दिन बिदा दिने अन्तर्राष्ट्रिय प्रचलन रहेको तर नेपालमा सार्वजानिक बिदाको दिनमा पनि ओपीडी सेवा सञ्चालन गर्ने निर्णय गर्नु अवैज्ञानिक भएको संघको ठहर छ संघले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ  ।

 

Leave Your Comment

Related News