नरेन्द्र मोदीको शपथ ग्रहणमा जाँदा प्रधानमन्त्री दाहालद्धारा २० लाख बढी खर्च

फाइल तस्बिर

काठमाडौं । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ अन्तिम साता भारतका प्रधानमन्त्रीमा नियुक्त नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा जाँदा २० लाख ४० हजार रुपैयाँ खर्च भएको छ ।

प्रधानमन्त्री दाहालको नेतृत्वमा कानुनमन्त्री पदम गिरीसहितको प्रतिनिधिमण्डल मोदीको सपथ ग्रहणका लागि दिल्ली गएका थिए । उनीहरु नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका थिए । शपथ ग्रहणमा जाँदा लाग्ने खर्च भने परराष्ट्र मन्त्रालयले व्यहोर्ने गरी उक्त भ्रमण भएको थियो ।

अर्थ मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रचलित कानुन र स्वीकृत मापदण्ड बमोजिम सम्बन्धित लेखा उत्तरदायी अधिकृत नै पूर्ण जिम्मेवार हुने गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गणतन्त्र भारतको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको सपथ ग्रहण गर्ने समारोहमा सहभागी हुने प्रतिनिधि मण्डलको खर्च भुक्तानी गर्ने प्रयोजनका लागि परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरिएको थियो । मोदीले गत जेठ २७ गते आइतबार तेस्रो कार्यकालका लागि शपथ लिएका थिए ।

त्यस्तै जेठको तेस्रो साता राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा जाँदा २ करोड १६ लाख रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार प्रचलित कानुन र स्वीकृत मापदण्ड बमोजिम सम्बन्धित लेखा उत्तरदायी अधिकृत नै पूर्ण जिम्मेवार हुने गरी राष्ट्रपति पौडेलबाट स्वीट्जरल्याण्ड र संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा भएको भ्रमण खर्च भुक्तानी गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गरिएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार