काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार छापावाल सुन प्रति तोला एक सय रुपैयाँले बढेको हो।
आइतबार चाँदीको मूल्य प्रति तोला पाँच रुपैयाँले बढेको छ। आज चाँदी प्रति तोला एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रति तोला एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।


