सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं । सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रति तोला २०० रुपैयाँले बढेको छ ।

यस्तै आज चाँदी प्रति तोला १० रुपैयाँले बढेर एक हजार ७६५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रति तोला एक हजार ७५५ रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार