सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलको नि:शुल्क लगानी व्यवस्थापन सेवा

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि ”सित्तैमा” लगानी व्यवस्थापन सेवा ( Portfolio Management Services- PMS ) उपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ । देशैभरिका सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली टीएमएस (TMS) कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी शेयर बजारमा लगानी गर्ने ? कसरी शेयर कारोबार गर्ने ? भन्ने बारेमा जिज्ञासा उठ्न सक्ने परिस्थितिलाई मध्यनजर गर्दै सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ँसित्तैमा लगानी व्यवस्थापन सेवा योजना” संचालनमा ल्याएको कम्पनीले जानकारी दिएको छ । यस योजनाले सम्पूर्ण सरकारी कर्मचारीहरुको बजारप्रतिको सकारात्मक भावानालाई जीवित राख्न र बजारबाट आर्जन गर्न सकिने सम्भावित प्रतिफल बाट वञ्चित हुनबाट जोगाउँदै निरन्तर बजारसंगै जोडिनको लागि पनि यो योजना धैरै फलदायी हुने विश्वास क्यापिटलले लिएको छ ।

यो योजना अन्तर्गत ग्राहकवर्गहरुले न्यूनतम लगानी रकम रु ३ लाख (नगद वा शेयर वा दुबै) बाट लगानी गर्न सक्नुहुनेछ भने वार्षिक व्यवस्थापन शुल्क ( Annual Management fee – AMF ) का साथै सेवाबाट बाहिरिदा समेत कुनै शुल्क नलाग्ने ”सित्तैमा” (Free) गज्जवको योजना बजारमा ल्याएको छ । क्यापिटलले आफूले व्यवस्थापन गर्ने लगानीको प्रतिफलको आधारमा १५ प्रतिशत सम्म कार्य सम्पादन शुल्क ( Performance fee- PF) लिने गरेकोमा यो योजना अन्तर्गत जम्मा १० प्रतिशत कार्य सम्पादन शुल्क ( Performance fee- PF) लिने बम्पर छुट ( Big Discount)  को व्यवस्था गरेको छ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकवर्गहरुले सिधै क्यापिटलमा सम्पर्क गरेर वा गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सक्नुहुनेछ । साथै Whatsapp/Viber/Social Media बाट समेत सम्पर्क गरी यो सुबिधा उपभोग गर्न सकिनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार