खुल्यो नेपाल सेवा लघुवित्तको आइपिओ


इक्विटी नेपाल – काठमाडौँ :
नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओमा आवेदन आज (वैशाख १२,२०७५) बाट खुला भएको छ। लघुवित्तले सर्वसाधारणलाई एक सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० कित्ता आइपिओ निष्कासन गर्ने लागेको हो । जस मध्ये २% ले हुन आउने ३६०० कित्ता शेयर कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ९००० कित्ता शेय सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ६७ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।
लघुवित्तले जारी गरेको आइपिओमा इच्छुक लगानीकर्ताले बैशख १६ गते भित्र आवेदन दिईसक्नु पर्ने छ।  यद्यपि, उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा जेष्ठ १० गतेसम्म आवेदन दिनसकिने एनएमबि क्यापिटलले जनाएको छ। 
इच्छुक लगानीकर्ताले आईपीओमा न्यूनतम ५० कित्ता देखि अधिकतम ९०० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्ने जनाएको छ। लगानीकर्ताले आफ्नो बैंक खाता भएको नजिकको बैंकको शाखामा सम्पर्क गरी आवेदन दिन सक्ने छन्। साथै मेरो शेयरको सुविधा लिएकाहरुले घरमै बसी सी आस्बा मार्फत आवेदन दिन सक्ने छन्। 
आइपिओमा निष्कासन भएको शेयर सङ्ख्या थोरै भएका र विगतमा आइपिओ आवेदकको सङ्ख्या हेर्दा यस पटक पनि यस शेयरको बाँडफाँड गोलाप्रथाबतानै हुने देखिएकाले लगानीकर्ताले यस पटक न्यूनतम कित्ता मात्र आवेदन दिँदा उपयुक्त हुने देखिन्छ। 
लघुवित्तको आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार