नेपाली तरकारी कतार निर्यात सुरु

काठमाडौं । नेपालमा उत्पादित हरियो तरकारी कतारमा निर्यात भएको छ । चिनियाँ सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित हरियो तरकारीहरू कतारमा निर्यात गर्न सुरु गरिएको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूतलाई हरियो तरकारीहरू हस्तान्तरण गरिएको छ । ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रम अन्तर्गत दक्षिणकाली नगरपालिकामा तरकारी खेती गरिएको थियो ।

दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले किसानहरुले उत्पादन गरेका हरिया तरकारी निर्यातसँगै यसले मुलुकको आर्थिक विकासमा पनि टेवा पुग्ने र किसानहरूलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे ।

तरकारी उत्पादनका लागि ग्रामीण विकासका लागि चाइना फाउन्डेसनले किसानहरूलाई विशेष तालिमका साथै आवश्यक कृषि सामाग्रीसमेत उपलब्ध गराएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार