CLI

एक साता पछि पुनः बढ्यो शेयर बजार, नेप्से सँगै कारोबार रकम १ अर्ब बढीले बढ्यो

काठमाडौं । एक साता पछि शेयर बजारमा पुनः सुधार देखिएको छ । गत मंगलबार  ६.९४ अंकले बढेको शेयर बजार साताको अन्तिम दिन आज  नेप्से सँगै करोबार रकममा समेत वृद्धि भएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से ७८ं१७ अंकले बढेर २६८८.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.४० अंकले बढेर ४७६.४८ विन्दुमा पुगेर बन्द भएको हो ।

बुधबारको तुलनामा बिहीबार १ अर्ब ३१ करोड ८० लाख रुपैयाँले कारोबार रकममा वृद्धि भएको छ । बिहीबार ३१८ वटा कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर करोबार हुदाँ कारोबार रकम ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ५१२ रुपैयाँ पुगेको छ । बुधबार ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ कारोबार रकम रहेको थियो ।

बिहीबार २२९ कम्पनीको शेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बिहीबार १२ वटा समूह सूचक बढ्दा १ वटा समूह सूचक घटेको छ । बैकिङ ३९, विकास बैंक १४१, वित्त ११३, होटल र पर्यटन १६७, जलविद्युत १३५, लगानी ४, जीवन बीमा ४४१, उत्पादन र प्रशोधन १५०, लघुवित्त ८१, निर्जीवन बीमा २६७, व्यापार २४ र अन्य समूह ७६ अंकले बढ्दा म्युअुचल फण्ड ०.०१ अंकले घटेको छ ।

बिहीबार सबैभन्दा बढी करोबार हुनेमा सीइडीबी हाइड्रोपावार, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहे । सीइडीबी हाइड्रोपावारको ४७ करोड ६५ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको २४ करोड १२ लाख रुपैयाँ, अपि पावर कम्पनीको १८ करोड ८३ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १७ करोड ९ लाख रुपैयाँ कारोबार रकम रह्यो ।

 

Leave Your Comment

Related News