CLI

एक साता पछि बढको शेयर बजारमा यी हुन् २० वटा उच्च कारोबार गर्ने कम्पनी

काठमाडौं ।

काठमाडौं । एक साता पछि शेयर बजारमा पुनः सुधार देखिएको छ । गत मंगलबार  ६.९४ अंकले बढेको शेयर बजार साताको अन्तिम दिन आज  नेप्से सँगै करोबार रकममा समेत वृद्धि भएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से ७८ं१७ अंकले बढेर २६८८.३८ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.४० अंकले बढेर ४७६.४८ विन्दुमा पुगेर बन्द भएको हो ।

बिहीबार सबैभन्दा बढी करोबार हुनेमा सीइडीबी हाइड्रोपावार, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहे । सीइडीबी हाइड्रोपावारको ४७ करोड ६५ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २४ करोड ४८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको २४ करोड १२ लाख रुपैयाँ, अपि पावर कम्पनीको १८ करोड ८३ लाख रुपैयाँ र हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १७ करोड ९ लाख रुपैयाँ कारोबार रकम रह्यो ।

बुधबारको तुलनामा बिहीबार १ अर्ब ३१ करोड ८० लाख रुपैयाँले कारोबार रकममा वृद्धि भएको छ । बिहीबार ३१८ वटा कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर करोबार हुदाँ कारोबार रकम ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ५१२ रुपैयाँ पुगेको छ । बुधबार ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ कारोबार रकम रहेको थियो ।

 

Leave Your Comment

Related News