ब्याज खर्च वृद्धिको मारमा वाणिज्य बैंक , ब्याजबाट ६१ प्रतिशत आम्दानी बढ्दा ब्याज खर्च ९६ प्रतिशतले वृद्धि


इक्विटी नेपाल – काठमाडौँ :
तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन आउने क्रम जारी छ।  आज सम्म १३ वटा वाणिज्य बैंकहरुले वित्तीय प्रतिवेदन सार्वजनिक गरिसकेका छन् ।
धेरै वाणिज्य बैंकहरुले खुद नाफामा वृद्धि गरेतापनि उनीहरूले त्यो अनुसार प्रतिशेयर आम्दानी सन्तुलनमा राख्न सकेका छैनन् जसको मुख्य कारण भनेको नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि योजना हो ।

औसतमा ब्याज आदानी ६१ प्रतिशतले वृद्धि भएको छ भने ब्याज खर्च ९७ प्रतिशतले वृद्धि भएको छ जसले गर्दा बैंकको प्रमुख आम्दानीको श्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी   २४ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

अहिले खुद नाफा सोचे अनुसार बढ्न नसक्नुको पछाडिको मुख्य कारण भनेको ब्याज दर वृद्धि रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी हासिल गरेसँगै व्यापार तथा मुनाफा बढाउने दबाबमा बैंकहरु कर्जा प्रवाहमा निकै आक्रमक हिसाबले प्रस्तुत हुन पुगे।   जसको फल स्वरूप छोटो समयमा नै उनीहरूको सिसिडी अनुपात ८० प्रतिशतको नजिकै पुग्न थाल्यो।  बजारमा लगानीयोग्य रकमको अभाव हुन पुगेसँगै बैंकहरुले महँगो  ब्याज दरमा निक्षेप सङ्कलन गर्न बाध्य भए ।
१३ वटा वाणिज्य बैंकहरुको रिपोर्ट हेर्दा उनीहरूको ब्याज आम्दानीको अनुपातमा ब्याज खर्च निकै वृद्धि भएको पाइन्छ।  जसको कारणले खुद नाफालाई प्रत्यक्ष असर गरेको छ ।
औसतमा ब्याज आदानी ६१ प्रतिशतले वृद्धि भएको छ भने ब्याज खर्च ९७ प्रतिशतले वृद्धि भएको छ जसले गर्दा बैंकको प्रमुख आम्दानीको श्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी   २४ प्रतिशतले मात्रै वृद्धि भएको छ ।
अहिलेको अवस्था बैंकहरुले आफ्नो व्यापार व्यवसाय विस्तार नगरेको भन्न मिल्दैन।  उनीहरूले निक्षेप र कर्जा राम्रै विस्तार गरे र ब्याजबाट राम्रो आम्दानी गरेका छन् तर निक्षेप कर्तासँग महँगोमा पैसा सङ्कलन गरेकाले उनीहरूको ब्याजको दायिव्त निकै वृद्धि हुन् पुगेको हो ।
भविष्यमा जब प्रणालीमा तरलता वृद्धि हुन थाल्छ अनि ब्याज घट्न थाल्छ तब बैंकहरुले बिस्तारै आफ्नो नाफा त्यही अनुसारले वृद्धि गर्दै जाने देखिन्छ र लगानीकर्ताले राम्रो प्रतिफल पाउनेमा कुनै दुई मत छैन ।

(स्पष्ट रुपमा तथ्यांक हेर्नका लागि टेबलमा क्लिक गर्नु होला )
Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार