ओरालो लागेको शेयर बजारमा कारोबार रकम २ अर्बले बढ्यो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्सन ७.८१ अंकले घटेर ४६८.६५ विन्दुमा पुगेर बन्द भएको छ ।

नेप्से अरोलो लाग्दा पनि कारोबार रकम बढेको छ । आइतबार ३२४ वटा कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार रुपैयाँ रह्यो । बिहीबारको तुलनामा आइतबार २ अर्ब १६ करोड ९९ लाख ६१ हजार रुपैयाँले कारोबार रकम बढेको हो । बिहीबार ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ५१२ रुपैयाँ कारोबार रकम पुगेको थियो ।

आइतबार १३ वटा समूह सूचकहरु घटेको छ । बैकिङ १३.८८, विकास बैंक १३४.९२, वित्त १२०.८८, होटल र पर्यटन २५१.८६, जलविद्युत ४९.२५, लगानी ३.११, जीवन बीमा ३६१.२०, उत्पादन र प्रशोधन १२८.६९, लघुवित्त ९७.३१, म्युअुचल फण्ड ०.१३, निर्जीैवन बीमा २९१.८३, व्यापार ३४.०२ र अन्य समूह ४६.३८ अंकले घटेको हो ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा सीइडीबी हाइड्रोपावार, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, अपि पावर कम्पनी र सिँगटी हाइड्रो इनर्जी लिमिटेड रह्यो । सीइडीबी हाइड्रोपावारको ६४ करोड ३८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको ३५ करोड २८ लाख, हिमालयन रिइन्स्योरेन्सको २८ करोड ३० लाख, अपि पावर कम्पनीको २५ करोड ४३ लाख र सिँगटी हाइड्रो इनर्जी लिमिटेडको २४ करोड ४१ लाख रुपैयाँ बराबर कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार