सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयो : सभापति  लामिछाने

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको पुष्टि भएको दाबी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले सो दाबी गरेका हुन् ।

“पूरै रिपोर्ट पढ्न पाएको छैन तर, के पुष्टि भयो भने सहकारी ठगीमा मेरो संलग्नता छैन ,” उनले भने । लामिछानेले सहकारी पीडितलाई न्याय दिलाउन हरसम्भव प्रयास गर्ने बताए । “ज–जसको सहकारीमा राखेको बचत रकम अपचलन भएको छ । सबैलाई न्याय दिने हाम्रो प्रयास रहने छ ,” उनले भने, “म सरकारमा हुँदा पनि रकम फिर्ताको प्रयास गरेको थिए यसले पुनः निरन्तरता पाँउछ ।”

यसअघि लामिछाने आफैँ ठगीमा संलग्न भएको भन्दै आरोप लगाइएको थियो । तर, त्यसविरुद्ध छानबिन गर्न बनेको समितिले भने लामिछानेलाई दोषी नदेखाए रकम गोर्खा मिडियामा आएको र चलाएको बताएको छ ।

सहकारीबाट ऋण लिँदा रविको कुनै संलग्नता नदेखिएको तर, अपचलन गरिएको रकम खर्च गर्ने काममा भने उनको संलग्नता देखिएको समितिको निष्कर्ष छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार