RE
Global College

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दहाल नियुक्त भएका छन्।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम बैंक सञ्चालक समितिको १४९औं बैठकको निर्णयले यही २८ गतेदेखि लागू हुने गरी चार वर्षे कार्यकालको लागि उहाँलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो।

नेपाल सरकारको सचिव पदबाट सेवा निवृत्त भएका उनले एमपीए र एमबीए गर्नुका साथै कानुनमा स्नातक समेत गरेका छन्।

नेपाल सरकारको सेवामा रहँदा उनले विभिन्न तह र जिम्मेवारीमा रहेर कार्य गरेको लामो समयको अनुभव छ।

NECO

Leave Your Comment

Related News