आज पनि सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबारका लागि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ तोकिएको छ । छापावाला सुन मंगलबार भने १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने सुन प्रतितोला ६०० रुपैयाँले घटेको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ । बुधबारका लागि चाँदी प्रतितोला १ हजार ८९० रुपैयाँ तोकिएको छ ।
मंगलबार भने चाँदी प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भएको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार