काठमाडौं । आज साताको दोस्रो दिन पनि सुनचाँदीको मुल्य बढेको छ । आईतबार प्रतितोला प्रति तोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य प्रतितोला ६०० ले बढेर १ लाख ३६ हजार सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा ५सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।