झण्डै १० प्रतिशतले बढ्यो विकास बैंकको नाफा

काठमाडौं ।  पछिल्लो महिना विकास बैंकको मुनाफा झण्डै १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनमा विकास बैंकहरुको कुल नाफा ८५ करोड ४० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको साउन महिनाको तुलनामा ९.७६ प्रतिशत अर्थात् ७६ अर्ब रुपैयाँले बढी हो । गत आर्थिक वर्षको साउनमा विकास बैंकहरुको नाफा ७७ करोड ८० लाख रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनमा सबैभन्दा बढी नाफा कमाउनेमा साइना रेसुङ्गा, मुक्तिानाथ, महालक्ष्मी विकास बैंकहरु रहेका छन् । समीक्षा अवधिमा साइन रेसुङ्गा २० करोड २५ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकले १६ करोड ९६ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख रुपैयाँ, गरिमा विकास बैंकले ९ करोड ४६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ, सांग्रीला ६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख रुपैयाँ, सिन्धु विकास बैंकले ३१ लाख रुपैयाँ , सालपा विकास बैंकले २९ लाख रुपैयाँ र कर्पोरेट विकास बैंकले १६ लाख रुपैयाँ नाफा कमाएको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनमा छ बैंकले भने घाटा व्यहोरेका छन् । साउनमा एक्सेलले ६ करोड ३७ लाख रुपैयाँ, ग्रिन डेभलपमेन्ट बैंकलाई ८६ लाख रुपैयाँ घाटा व्यहोर्दा सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । त्यस्तै समीक्षा अवधिमा नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

नयाँ आर्थिक वर्ष, बजेट (वित्त नीति), मौद्रिक नीतिले बजार चलायमान बनाउने किसिमको नीति लिए पनि बजार भने चलायमान हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न नसक्दा यसको असर बैंक तथा वित्तीय संस्थाको कारोबारमा परेको बैंकहरु बताउछन् । यता विज्ञहरु भने मुलुकको औद्योगिक क्षेत्र चलायमान हुन नसकेको बताइ रहेका छन् । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि कारोबार पनि बढाउनुपर्ने वाध्यात्मक अवस्थाका कारण कर्जा प्रवाह हुन नसकेको उद्योगीहरु बताउछन् । चालु पूँजी कर्जा मार्गदर्शनअनुसार थप कर्जा लिन कारोबार पनि बढाउनुपर्छ जसले गर्दा उद्योगीहरु कर्जा लिने अवस्थाबाट वञ्चित हुन पुगेका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार