सत्ता साझेदार दलको न्युनतम कार्यक्रम प्रधानमन्त्री र कांग्रेस सभापतिलाई हस्ताण्तरण

काठमाडौं । सत्ता साझेदार दलको न्युनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन सत्ता साझेदार दलका प्रमुख घटक नेपाली कांग्रेसका सभापति र नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री के.पी शर्मा ओलीलाई बुझाएको छ ।

आज सिंहदरबार स्थित प्रधामन्त्री तथा मन्त्रि परिषदको कार्यलयमा कार्यदलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री के पि शर्मा ओली र नेकपा एमालेका उपमहासचिब प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई संयुक्त रुपमा बुझाएका छन् ।

प्रतिवेदन बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकास शरण महत र नेकपा एमालेका उपमहासचिव एंव प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विण्णु रिमाल सहभागी थिए।

अहिलेको सत्ता साझेदार दलमा   एमालेका साथै कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी  रहेका छन्  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार