CLI

कालिका पावरले १२ लाख कित्ता आईपिओ जारी गर्न माग्यो अनुमति

इक्विटी नेपाल – काठमाडौँ :
कालिका पावर कम्पनी लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख कित्ता आईओ जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ। 
कम्पनीले केही समय अघि पहिलो चरणमा उसको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ६ लाख कित्ता शेयर आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयलाई बिक्री गरी सकेको छ। अब भने सर्वसाधारण तथा कर्मचारीका लागि कम्पनीले कुल पुँजीको २० प्रतिशत आइपिओ जारी गर्न लागेको हो। 
कम्पनीले प्रस्तावित आइपिओ निष्कासनलाई इक्राले ग्रेड ४ रेटिंग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ। 
यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा संयुक्तरुपमा काठमाडौँ क्यापिटल मार्केट्स लिमिटेड र ग्लोबल आईएमई क्यापिटल रहेका छन्।

Leave Your Comment

Related News