फोनपेले दशैं तिहार लक्षित“सुपर यात्रा” अभियानको घोषणा गर्यो ग्राहकले क्यासब्याक र गिफ्ट पाउने

काठमाडौं । फोनपे, नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क, ले २ अशोज, २०८१ देखि सुरु हुने प्रतिक्षित “सुपर यात्रा” अभियानको घोषणा गरेको छ । नजिकिदै गरेका   दशैं र तिहारलाई लक्षित गर्दै  फोन पे ले  टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार प्रदान गरेर यात्रा अझ सस्तो र सुविधाजनक बनाउन लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

यो योजना अन्तर्गत “सुपर यात्रा” अभियानको अंशको रूपमा, नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा रु. ३०० क्यासब्याक प्राप्त गर्नेछन्, जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा रु. २०० क्यासब्याकको पाउन सक्नेछन् । कम्पनीले  क्यासब्याकको अतिरिक्त  गिफ्टहरूको पनि घोषणा गरेको छ । उकहारमा  भाग्यमानी विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन्, र हरेक हप्ता, पाँच भाग्यमानी सहभागीहरूले स्मार्टवाच जित्ने अवसर पाउनेछन् ।

कम्पनीले  हवाई टिकट बुकिङको लागि सहज र सस्तो डिजिटल भुक्तानी विकल्पहरू प्रदान गर्न डिज़ाइन गरिएको जनाएको छ ।

कम्पनीले “दशैं र ‘सुपर यात्रा’ अभियान मार्फत, आफ्ना ग्राहकहरूलाई सस्तो र सुविधाजनक यात्रा प्रदान गर्न चाहेको बताएको छ,” फोनपेका सीएसओ श्री सुभोद शर्माले भने “क्यासब्याक प्रोत्साहन र गिफ्टहरूको माध्यमबाट, हामी ग्राहक सन्तुष्टि बढाउन र थप प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी अपनाउन प्रोत्साहित गर्न चाहन्छौं।”

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार