एक सातामा १८ अर्ब गुमाए लगानीकर्ताले

काठमाडौं । शेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्तालाई निराश बनाएको छ । अप्राकृतिक शेयर बजारको अराोप खेपिरहदाँ यो साता शेयर बजारमा कारोबार रकम १८ अर्ब रुपैयाँ भन्दा बढीले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम १८ अर्ब ४५ करोड ७१ लाख रुपैयाँले घटेको छ । यो साता तीन दिन मात्र खुलेको शेयर बजारमा कारोबार रकम २३ अर्ब ३७ करोड ४ लाख रुपैयाँ रहेको छ । अघिल्लो साता कारोबार रकम ४१ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

अघिल्लो साताको तुलनामा यो साता नेप्से परिसूचक, सेनसेटिभ इन्डेक्स, फलोट इन्डेक्स र बजार पूँजीकरण रकम समेत प्रभावित बनेको छ । अघिल्लो साताको तुलनामा यो साता बजार पूँजीकरण रकममा ६१ अर्ब ५२ करोड १९ लाख रुपैयाँले कमी आएको छ । यो साता ४० खर्ब ९७ अर्ब २५ करोड रुपैयाँ बजार पूँजीकरण रकम हुदाँ गत साता ४२ खर्ब ७४ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै समूह सूचकहरु भने गत साताको तुलनामा यो साता सम्पूर्ण समूह सूचक आरोलो लागेको छ । अघिल्लो साताको तुलनामा यो साता बैकिङ २७, विकास बैंक २८३, वित्त ३९१ , होटल र पर्यटन ४२३, जलविद्युत १२९ अंकले घटेको छ । त्यस्तै समिक्षा अवधिमा लगानी ६, जीबन बीमा ६४६, उत्पादन र प्रशोधन २५, लघुवित्त ३०६, म्युअुचल फण्ड १, निर्जीवन बीमा ५२३, व्यापार १५८ र अन्य समूह १०७ अंकले घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार