घटस्थापनाअघि नै सडक ममर्त गरि यात्राको सहजता सुनिश्चित गर्न निर्देशन

काठमाडौं । चाडपर्वको तयारीका लागि सडक मर्मत र अग्रिम टिकट बुकिङका विषयमा आज सरकार र यातायात व्यवसायीबीच छलफल भएको छ। घटस्थापना १७ गते परेको र चाडपर्वको चापलाई मध्यनजर गर्दै बिग्रिएका सडकहरू घटस्थापनाअघि नै मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय गरिएको हो ।

छलफलमा यातायात व्यवस्था विभागसँगको सहमति अनुसार अग्रिम टिकट बुकिङ तत्काल खुलाउने निर्णय पनि गरिएको छ। यद्यपि भाडा समायोजन भने छठपछि मात्रै गर्ने सहमति भएको छ।

यात्राको सुरक्षा र सहजता सुनिश्चित गर्नका लागि यान्त्रिक परीक्षण गर्ने र सम्बन्धित बसपार्कबाट गन्तव्यतर्फ जाने व्यवस्था पनि गरिनेछ।

साथै यातायात सुधारका लागि सुझाव दिएको कार्यदलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने सुधारहरूमा ध्यान दिन विभागलाई निर्देशन दिइएको छ। यातायात व्यवस्थासँग सम्बन्धित अदालतका आदेश र फैसलाहरूको कार्यान्वयन गर्न एक महिनाभित्र कार्ययोजना तयार पार्न पनि निर्णय गरिएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार