एनएमबि क्यापिटलका दुई फण्डले कुल २५ प्रतिशत प्रतिफल दिने

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडका दुई वटा फण्डले प्रतिफल दिने भएको छ । लिमिटेडका एनएमबि फिफ्टीले १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशत (कर सहित) प्रतिफल दिने निर्णय गरेको छ ।

गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट उक्त प्रतिफल दिन लागिएको हो ।

प्रतिफल दिनका लागि आगामी शुक्रबार इकाईधनी दर्ता किताब बन्द गरिने समेत बताइएको छ । असोज २ गते बसेको १५० औं बैठकले प्रतिफल दिने निर्णय गरेको बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार