दिपेन्द्र अग्रवालको प्रश्न : ब्रोकर र नेप्सेको कर्मचारीको गुण्डारज चल्छ भने नेप्सेले किन कमिसन लिइरहको छ?

काठमाडौं । शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले सिप्ला सेक्युरिटिज लिमिटेडले हालसम्म आफूलाई हिसाब मिलान गर्न नबोलाएको बताएका छन्  । उनले सिप्लाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई झुट्टो जवाफ पठाएको बताएका छन् । सिप्लाले आफूलाई १६ करोड रुपैयाँ नतिरेको तथा हिसाब मिलान गर्न नआई भागेको आरोप अग्रवाललाई लगाएको छ । सो आरोपको खण्डन गर्दै अग्रवालले आफूलाई कुन मितिमा, के मार्फत् कसरी बोलाएको हो ? भनि प्रमाण दिन सिप्लालाई आग्रह गरेको छन् ।

कारोवार भैसकेपछि स्टक ब्रोकरले शेयर बिक्रेतालाई रकम भुक्तानी गर्नुपर्ने हुन्छ । शेयर विक्री भएको र इडिआइएस गरेको जानकारी नेप्सेको टिएमएस र मेरो शेयर सफ्टवेयर मार्फत स्टक बोकरलाइ स्वतः जानकारी हुने बताउदै उनले भने यस सम्बन्धमा बिक्रीकर्ता हिसाब मिलानको निमित्त उपस्थित हुनु पर्दैन । यदि सो हो भने विदेशमा भएका लगानीकर्ताले ब्रोकर कार्यालय गएर हिसाब मिलान गर्ने नियम छ र? ब्रोकरको बदमाशीमा हजुर (नेप्से) को संस्थाका केही कर्मचारी संलग्न देखिएको छ । त्यसैले अहिलेसम्म ब्रोकरमाथि कुनै कारवाही हुन सकेको छैन। यदि यस्तो गुण्डाराज चल्छ भने नेप्सेले के को कमिसन लिइरहेको छ ? स्पष्ट पारीदिनु अग्रवालले नेप्सेलाई आग्रह गरेका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार