काठमाडौं ।नबिल बैंकले मर्मतका लागि आफनो वेबसाइट १ घण्टाका लागि बन्द गर्ने भएको छ । बैंकले वेबसाइट मर्मतका लागि सोमबार राति ८ बजे देखि ९ बजे सम्मका लागि बन्द गर्न लागेको हो ।
वेबसाइट मर्मतको क्रममा आंशकि रुपमा अवरुद्ध हुने समेत बैंकले जनाएको छ । मर्मतको समयमा बैंकका ग्राहकहरुलाई असुविधा हुन सक्ने भन्दै त्यसको लागि सहजीकरण गरिदिन समेत ग्राहकहरुलाई समेत आग्रह गरेको छ । उक्त अवधिमा मोबाइल बैंकिङ सेवा (एनबैंक) भने निर्वाध रुपमा सञ्चालन हुनेछ ।
सो विषयमा उपभोक्ता लगायतका कसैलाई आवश्यक जानकारी चाहिएमा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राख्न समेत बैंकले आग्रह गरेको छ । नबिल बैंक नेपाली समुदायमा लोकप्रिय बैंकको रुपमा हेरिन्छ । ग्राहकहरुलाई दिएको सेवा सुविधाको कारण नबिल बैंकको समाजमा बलियो उपस्थिति समेत रहेको छ ।