काठमाडौं । कुमारी बैंक लिमिटेडको विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको १,०९, ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले ३५ पैतिस दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा आइपुग्ने गरी आवेदन दिनि पर्नेछ सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।
म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैङ्कले जनाएको छ ।