त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षार्थीको लागि मौका परिक्षा लिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले  वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयमा अध्ययन गरी परिक्षा उतिर्ण हुन नसकेका बिध्यार्थीलाइ मौका परीक्षाको अवसर दिने भएको छ  । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले सो निर्णय गरेको हो ।

समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको हकमा एकपटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार