काठमाडौं । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल ( पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुको मूल्य सूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न, अङ्कित अधिकतम मूल्य (MRP) भन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न, उपभोग गर्ने अवधि (Non Expiry Date) बाँकी भएको मालसामान मात्र बिक्री वितरण गर्न, खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न अनुरोध गरेको छ । महानगरले आज एक सुचना जारी गर्दै यस्तो बताएको हो ।
महानगरले अनुगमनका क्रममा यस किसिमका गतिबिधि भएमा कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।