RE
Global College

नेप्से लगातार घटे पछि लगानी संगठनद्धारा छानबिनको माग

काठमाडौं । शेयर लगानीकर्ता संगठनहरुले नेपालको पुँजीबजार अप्राकृतिक तवरबाट घटइएको भन्दै छानबिनको माग गरेका छन् । अनुसन्धानको माग गर्नेमा जनरल इन्भेष्टर एसोसियसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपाल रहेका छन् ।

उक्त चार वटा लगानीकर्ता संगठनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विगत केहि दिनदेखि नेपालको पुँजीबाजर दिनानुदिन अप्राकृतिक तवरबाट लगातार घटाइएकोमा लगानीकर्ताहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।‘पुँजी बजार यसरी अप्राकृतिक ढङ्गबाट घट्नुपर्ने कुनै मौलिक तथा तथ्यपरक आधारहरु छैनन् सो सम्वन्धमा लगानीकर्ताहरुले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्जमा आफना गुनासाहरु राखिसकेकोले तत्काल छानबिन गर्न सम्वन्धित निकायमसँग जोडदार माग गर्दछौं ,’ विज्ञप्तिमा भनिएको छ ।

चार संगठनले पूँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्नका लागि र आम लगानीकर्ताको अधिकारको सुनिश्तिताको लागि नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्न समेत अनुरोध गरेको छ ।

NECO

Leave Your Comment

Related News