काठमाडौं । निरन्तर दुई दिन घटेको शेयर बजार बुधबार भने बढेको छ । सोमबार र मंगलबार घटेको शेयर बजार बुधबार भने करिब २ प्रतिशतले बढेको हो । बुधबार ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.९१ अंकले बढेर ४५२.८० विन्दुमा पुगेर बन्द भएको छ ।
बुधबार ३२७ वटा कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ पुगेको छ । जुन मंगलबारको भन्दा ८७ करोड ६३ लाख रुपैयाँले कारोबार रकम घटेको छ । मंगलबार ३०९ वटा कम्पनीको ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँ करोबार रकम रहेको थियो ।
बुधबार २२३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
बुधबार सबैभन्दा बढी कारोबार हुनेमा एनएलजी इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन रिइन्स्यारेन्स र अपि पावर कम्पनी रह्यो । एनएलजी इन्स्योरेन्सको १५ करोड ६४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १३ करोड ५४ लाख रुपैयाँ, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १३ करोड ७ लाख रुपैयाँ, हिमालयन रिइन्स्यारेन्सको १२ करोड ७१ लाख रुपैयाँ र अपि पावर कम्पनीको १२ करोड ३४ लाख रुपैयाँ बराबर करोबार भयो ।