काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सूचना अधिकारीमा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ । बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहनुभएको उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकिय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् ।
सूचना अधिकारीमा नियुक्त भएका अधिकारीसँग २० बर्षको बैंकिङ अनुभव रहेको छ । उनले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल मानिन्छन् । उनले बैंकको सामान्य सेवा विभाग, मानव संसाधन विभाग, र कर्पोरेट कम्युनिकेशन विभाग को नेतृत्व गरिरहेका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६० जिल्लामा आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइ मार्फत बैङ्किङ कारोवा गरिरहेको छ