नागढुगां सुरुङमार्ग नजिकै लेदोसँगै पहिरो खस्यो ,नागढुगां नौविसे सडक अबरुद्द

काठमाडौं ।  त्रिभुवन राजपथ अन्तर्गत नौबिसे- नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ । धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध  बनेको हो । निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध  हुँदा सवारीसाधन रोकिएका छन् ।

काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका हुन् । राजमार्गमा लेदो थुप्रिएकाले खुलाउन कठिन भएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सुरेश्र श्रेष्ठले जानकारी दिए । निरन्तर पानी परिरहेकोले लेदो पन्छाउन कठिनाइ भइरहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार