बाढी पहिरो र डुवानले एक सय जनाको ज्यान लियो , ६७ अझै बेपत्ता

Garima_Business-Loan3

काठमाडौं । असोज ११ र १२ गते आएको अबिरल बर्षाको कारण बाढीपहिरो र डुबानमा परी देशभर ठुलो धनजनको क्षेति भएको छ । बाढी पहिरो र डुबानमा परी अहिले सम्म  एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जना नाहरिकले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार