एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं ।  एनएमबि बैंकले एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बैङ्कले  हेरिटेज वाक गरेको जनाएको छ ।

नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष  मनोज कुमार गोयल, संचालक  जीवन कुमार कट्वाल,  उत्तम भ्लोन,  हरिश्चन्द्र सुवेदी,  शिरिष कुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी., किर्तिपुर महानगरपालिका प्रतिनिधिहररु, बैंकका कर्मचारी लगायतको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो  ।

सो कार्यक्रममा  एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई रु ५००,००० को सहयोगका साथै किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी बैंकले प्रदेश नं. १ मा इटहरी चोक देखी रामधुनी मन्दिर सम्म, मधेष प्रदेशमा जनकपुर शाखा देखी राम मन्दिर, चितवनमा भरतपुर शाखा देखी गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखा देखी तालबाराही मन्दिर सम्म, लुम्बिनी प्रदेशमा गोल पार्क देखी सिद्धबाबा मन्दिर सम्म र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर सम्म, महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म र धनगढी शाखा देखी कृष्ण मन्दिर सम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार